२०८२ असार २७ गते , शुक्रबार इमेल: info@oshc.gov.np फोन: 01-5590855 | 5590856 | 9851310114
हालको अपडेट:

हाम्रो बारे

देशको आर्थिक विकासको लागि औद्योगिककरण एक महत्वपूर्ण आधार–स्तम्भ हो । औद्योगिकरणको निरन्तरता र विकासको लागि उत्पादन र उत्पादकत्वमा क्रमशः वृद्घि हुनु नितान्त आवश्यक हुने र सुरक्षित कार्य र कार्यावस्था उत्पादन र उत्पादकत्व वृद्धिका समपुरक आधार हुन् । उद्योग प्रतिष्ठानहरुमा सुरक्षित कार्य तथा कार्यावस्थाको प्रवर्द्धन र संरक्षणलाई औद्योगिक व्यवसायको एक समपूरक आधारभूत पक्षको रुपमा विकसित गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरि तत्कालिन श्री ५ को सरकारले २०५२ सालमा “व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजना” को स्थापना गरेको र यस आयोजनालाई नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७५।०३।३२ को निर्णयानुसार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रुपमा रहने गरी २०७५ साल श्रावण १ गते देखी स्थायी संगठन संरचना स्विकृत भएको हो । केन्द्रको उद्देश्यमूलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नका लागि आधारभूत पूर्वाधारहरु भवन, प्रयोगशाला, पुस्तकालय, तालिम कक्ष र प्रशिक्षण सामग्री तयार भै कार्यान्वयनमा आइसकेका छन् । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा आधारभूत ज्ञानका लागि आवश्यक पुस्तक तथा प्रशिक्षण सामग्रीहरुको संग्रह सहितको एक पुस्तकालय रहेको छ । कार्यस्थल अनुगमन र नाप जाँचका लागि आवश्यक आधारभूत उपकरण सहितका तीन वटा प्रयोगशाला (रासायनिक, स्वास्थ्य र यान्त्रिक) रहेका छन् । प्रशिक्षण कार्यक्रम संचालनका लागि आवश्यक साधन सम्पन्न तालिम कक्ष सहितको आफ्नै भवन ललितपुर, सैंबुमा रहेको छ ।

थप पढ़नुहोश

ई. प्रतिभा गौतम

केन्द्र प्रमुख

ई. प्रशान्त कुमार श्रेष्ठ

सूचना अधिकारी

मो.: ९८५१३२५३१४ | ०१५५९०८५६

सामाजिक संजाल
हाम्रो ग्यालरी थप ग्यालरी
हाम्रो स्थान